Logo

शेयर बजार साढे ११ अङ्कले बढ्यो



काठमाडौँ, २८ असार । दुई दिनसम्म उच्च अङ्कले घटेको शेयर बजार मङ्गलवार सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय २७ दशमलव २८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २६ वटा कम्पनीका ४९ लाख ६७ हजार कित्ता शेयर एक अर्ब ७० करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण काबेली हाइड्रोको सात करोड ९५ लाख तथा गुर्खाज फाइनान्स र शिवम् सिमेन्टको झन्डै साढे सात करोड रुपैयाँका दरले शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्