Logo

शेयर बजार साढे १४ अङ्कले घट्यो



काठमाडौँ, १५ माघ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आइतवार १४ दशमलव ६८ अङ्कले घटेर दुई हजार एक सय ६८ दशमलव ५४ विन्दुमा झरेको छ ।

आज होटल र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको छ । बजार घटेको दिन दुई सय ६७ वटा कम्पनीका ८२ लाख ७६ हजार कित्ता शेयर तीन अर्ब एक करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको १० करोड र हिमालयन ऊर्जा विकास कम्पनीको नौ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्