काठमाडौँ, १२ मंसिर । आइतवार साढे ३२ अङ्कले बढेको शेयर बजार आज भने घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय ५० दशमलव ३७ विन्दुमा झरेको छ ।
म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजारसँगै आज कारोबार रकम पनि घटेको छ ।
आज दुई सय ३६ वटा कम्पनीको ३७ लाख ६१ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।