काठमाडौँ, २४ पुस । शेयर बजार आज २० अङ्कभन्दा धेरैले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६८ अङ्कले बढेर दुई हजार एक सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स, उत्पादन र बैंकबाहेक अरू समूहको शेयर बढेको छ ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ५९ वटा कम्पनीका एक करोड ४१ लाख कित्ता शेयर पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको २१ करोड र शिवम् सिमेन्टको साढे १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।







