काठमाडौँ, १ मङ्सिर । शेयर बजार बिहीवार पनि दोहोरो अङ्कले बढेको छ ।
बुधवार १३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ५७ अङ्कले बढेर एक हजार नौ सय ३६ दशमलव ८३ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा जलविद्युत्, माइक्रोफाइनान्स, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार बढेसँगै कारोबार रकम पनि निकै बढेको छ ।
आज दुई सय २३ वटा कम्पनीका ४३ लाख ८४ हजार कित्ता शेयर एक अर्ब ७१ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावरको १४ करोड ३९ लाख र शिवम् सिमेन्टको १३ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भयो ।