Logo

शेयर बजार साढे ६ अङ्कले बढ्याे



काठमाडौँ, १९ भदौ । हप्ताको पहिलो दिन आइतवार शेयर बजार साढे ६ अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ७७ दशमलव ३० विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ ।

यस्तै दुई सय २७ वटा कम्पनीको २८ लाख ७६ हजार कित्ता शेयर एक अर्ब सात करोड १६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको आठ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्