काठमाडौँ, ३० असोज । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ६९ अंकले घटेर एक हजार आठ सय ६० दशमलव ९४ विन्दुमा पुगेको छ ।
आज बैंकिङ र उत्पादनबाहेक अरू सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले घटेको छ ।
नेप्से सूचक घटेको दिन दुई सय २१ वटा कम्पनीको २५ लाख ७४ हजार कित्ता शेयर ८० करोड ३५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको आठ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भयो ।