काठमाडौँ, १८ भदौ । शेयर बजार आज सामान्य बढेको छ ।
आइतबार ३० अंकले घटेको शेयर बजार परिसुचक नेप्से आज सात दशमलव शून्य चार अंकले बढेर एक हजार नौ सय ६७ दशमलव ८३ विन्दुमा पुगेको छ ।
आज फाइनान्स बाहेक अरु सबै समूहको शेयर सामान्य बढेको छ ।
सबैभन्दा धेरै थ्रि स्टार हाइड्रो र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशत तथा ग्रिन भेन्चर्स कम्पनी, रुरु जलविद्युत्, आशा लघुवित्त र अपर साङ्गे हाइड्रोपावर कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै लिवर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । ३४ लाख ३२ हजार कित्ता शेयर एक अर्ब नौ करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको पाँच करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।