काठमाडौँ, १६ भदौ । शेयर बजार बिहीवार सामान्य घटेको छ ।
बुधवार झन्डै २२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १ दशमलव शून्य आठ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव २९ विन्दुमा झरेको छ ।
आज बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य घटेको छ । अरू समूहको शेयर सामान्य बढेको छ ।
यस्तै दुई सय २५ वटा कम्पनीकाे ३९ लाख ५५ हजार कित्ता शेयर एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।