Logo

शेयर बजार सामान्य घट्यो



काठमाडौँ, ३ वैशाख । हप्ताको पहिलो दिन आइतवार शेयर बजार सामान्य घटेको छ ।

दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलव ६८ विन्दुमा झरेको छ ।

आज होटल, बीमा र बैंक समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय ६५ वटा कम्पनीका ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ८९ लाख र एनआईसी एसिया बैंकको तीन करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्