काठमाडौँ, १९ वैशाख । शेयर बजार आज सामान्य घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २६ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४१ विन्दुमा झरेको हो ।
आज होटल, बीमा, विकास बैंक र अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।
दुई सय ७० वटा कम्पनीका २२ लाख २२ हजार कित्ता शेयर ६४ करोड ९६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको दुई करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।







