काठमाडौँ, २६ असार । शेयर बजार मङ्गलवार सामान्य घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७३ अङ्कले घटेर दुई हजार ७२ दशमलव २४ विन्दुमा झरेको छ ।
आज विकास बैंक, फाइनान्स, उत्पादन र म्युचल फन्डको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ । सबैभन्दा धेरै सिङ्गटी हाइड्रोको शेयर छ प्रतिशत तथा श्वेतगंगा हाइड्रोपावर कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर, रावा इनर्जी र एनआईबीएल समृद्धि फन्डको शेयर १० प्रतिशतले बढेको छ ।
आज दुई सय ८३ वटा कम्पनीका ७९ लाख ८८ हजार कित्ता शेयर कारोबार भएका छन् । सोमवार तीन अर्ब ७९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई अर्ब ८५ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको १२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।