काठमाडौँ, ४ पुस । सोमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ ।
आज नेप्से तीन दशमलव ८३ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ८९ अङ्कमा पुगेको छ ।
आज बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको शेयर बढेकोमा बीमा, अन्य र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ ।
नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ५१ वटा कम्पनीको २६ लाख ९९ हजार कित्ता शेयर ८८ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छन् । आइतवार एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।







