काठमाडौँ, ३० फागुन । सोमवार र आइतवार उच्च अङ्कले घटेको शेयर बजार आज भने सामान्य बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव शून्य छ विन्दुमा पुगेको छ ।
आज माइक्रोफाइनान्स, उत्पादन, बैंक र म्युचल फन्ड समूहको शेयर सामान्य घटेको छ भने बाँकी सबै समूहको शेयर झिनो अङ्कले उकालो लागेको छ ।
बजार समान्य बढेको दिन दुई सय ५५ वटा कम्पनीको ३३ लाख १८ लाख कित्ता शेयर एक अर्ब १३ करोड ५९ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भयो ।







