काठमाडौँ, ८ वैशाख । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार बिहीवार सामान्य बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९४ अङ्कले बढेर दुई हजार तीन सय २५ दशमलव ४५ विन्दुमा पुगेको छ ।
आज बैंक, निर्जीवन बीमा, फाइनान्स र व्यापारबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । शेयर बजार बढेको दिन दुई सय ३१ वटा कम्पनीका ३९ लाख ९१ हजार कित्ता शेयर एक अर्ब ६२ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेस्डो समृद्ध लघुवित्तको १० करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।