Logo

शेयर बजार सामान्य बढ्यो



काठमाडौँ, २२ माघ । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आइतवार एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ९६ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, बीमा र अन्य समूहको शेयरबाहेक बाँकी समूहको शेयर सामान्य उकालो लागेको छ । बजार समान्य बढेको दिन दुई सय ५८ वटा कम्पनीका ५२ लाख छ हजार कित्ता शेयर एक अर्ब ९३ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्