Logo

शेयर बजार सामान्य बढ्यो



काठमाडौँ, ११ वैशाख । शेयर बजार आज सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ विन्दुमा पुगेको हो ।

आज बैंक, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहबाहेकका समूहको शेयर बढ्दा जीवन बीमा, उत्पादन र विकास बैंक समूहको शेयर दोहोरो अङ्कले बढेको छ ।

बजार सामान्य बढे पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ७० वटा कम्पनीका २२ लाख ६० हजार कित्ता शेयर ७५ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् । आइतवार ८२ करोड ८५ लाख रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडको आठ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्