Logo

शेयर बजार सामान्य बढ्यो



काठमाडौँ, १ साउन । नयाँ आर्थिक वर्ष २०७९/८० को पहिलो दिन शेयर बजार सामान्य बढेको छ ।

कारोबार सुरु भएदेखि नै घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा सामान्य बढेर बन्द भएको छ ।

नेप्से आज एक दशमलव ९३ अङ्कले बढेर दुई हजार ११ दशमलव ३९ विन्दुमा पुगेको छ । बैंक, व्यापार, उत्पादन, जीवन बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ ।

शेयर बजार समान्य बढेको दिन दुई सय १० वटा कम्पनीका ३० लाख ४५ हजार कित्ता शेयर एक अर्ब २३ करोड २४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्