Logo

शेयर बजार सामान्य बढ्यो



काठमाडौँ, ८ भदौ । शेयर बजार बुधवार सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८७ अङ्कले बढेर दुई हजार ५७ दशमलव ८५ विन्दुमा पुगेको छ ।

आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर भने सामान्य घटेको छ ।

नेप्से समान्य बढेको दिन दुई सय २३ वटा कम्पनीको ३६ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १६ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्