Logo

शेयर बजार १० अङ्कभन्दा धेरैले बढ्यो



काठमाडौँ, २२ साउन । शेयर बजार आइतवार १० अङ्कभन्दा धेरैले बढेको छ ।

दिनभर तलमाथि भइरहेको नेप्से बन्द हुने बेलामा १० दशमलव २७ अङ्कले बढेर २ हजार १ सय २३ दशमलव ८२ विन्दुमा पुगेको छ ।

आज जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय १९ वटा कम्पनीको ६१ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १३ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्