Logo

शेयर बजार १३ अङ्कले बढ्यो



काठमाडौँ, २२ असार । लगातार दुई दिनसम्म घटेको शेयर बजार बुधवार भने सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से १३ दशमलव ३३ अङ्कले बढेर २ हजार ४३ दशमलव ९२ विन्दुमा पुगेको छ ।

आज बैंक, निर्जीवन बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २८ वटा कम्पनीका ६२ लाख ६३ हजार कित्ता शेयर दुई अर्ब १७ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्स र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर साढे ११ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्