काठमाडौँ, ३० कात्तिक । मङ्गलवार साढे छ अङ्कले घटेको शेयर बजार बुधवार दोहोरो अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ४० विन्दुले बढेर एक हजार नौ सय ११ दशमलव २६ विन्दुमा पुगेको छ ।
बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो एक अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ३२ वटा कम्पनीको २४ लाख ९५ हजार कित्ता शेयर ८५ करोड ९४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावरको छ करोड रुपैयाँको शेयर किनबेच भयो ।







