काठमाडौँ, ६ वैशाख । शेयर बजार बुधवार बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव १४ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १३ विन्दुमा पुगेको हो ।
आज म्युचुल फन्डबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय ७३ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।







