काठमाडौँ, २३ असार । शेयर बजार आज साढे १६ अङ्कले घटेको छ ।
अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि बजार बढ्ने लगानीकर्ताको आँकलन थियो तर शर्माको राजीनामापछि पनि बजार ओरालो लागेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६० अङ्कले घटेर २ हजार २७ दशमलव ३२ विन्दुमा झरेको छ । म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।
आज नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । २ सय २९ वटा कम्पनीका ४७ लाख ११ हजार कित्ता शेयर १ अर्ब ८० करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर ७ करोड ६५ लाख रुपैयाँमा कारोबार भएको छ ।