काठमाडौँ, १७ पुस । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव २६ अङ्कले बढेर दुई हजार ४६ दशमलव २९ विन्दुमा पुगेको छ ।
आज विकास बैंक र फाइनान्सबाहेक अरू समूहको शेयर बढेकोमा बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज दुई सय ६१ वटा कम्पनीका एक करोड आठ लाख ८० हजार कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको २२ करोड ५६ लाख र नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भयो ।







