काठमाडौँ, २६ मंसिर । आइतवार ३२ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९७ अङ्कले बढेर एक हजार नौ सय दुई दशमलव २८ विन्दुमा पुगको छ ।
आज बैंकिङबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज दुई सय ४५ वटा कम्पनीको ४४ लाख ७० हजार कित्ता शेयर एक अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको २१ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।







