Logo

शेयर बजार १८ अङ्कले बढ्याे



 


काठमाडौँ, २ साउन । शेयर बजार आज पनि बढेको छ ।

आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०३ अङ्कले बढेर दुई हजार २९ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज व्यापार र म्युचल फन्ड बाहेक अरू सबै समूहको शेयर बढेकोमा होटल तथा पर्यटन र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

दुई सय ११ कम्पनीको ३१ लख ४२ हजार कित्ता शेयर एक अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको नौ करोड ३४ लाख र एसियन लाइफ इन्सुरेन्सको सात करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्