काठमाडौँ, २१ पुस । शेयर बजारको उकालो यात्रा बिहीवार पनि रोकिएको छैन ।
शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०९ अङ्कले बढेर दुई हजार एक सय ४३ दशमलव ९३ विन्दुमा पुगेको छ ।
आज अन्य र बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । होटल, बीमा, माइक्रोफाइनान्स र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज कारोबार पनि रकम निकै बढेको छ । दुई सय ५९ वटा कम्पनीका एक करोड २५ लाख ८१ हजार कित्ता शेयर पाँच अर्ब चार करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४३ करोड र रिडी हाइड्रोको २१ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।







