Logo

शेयर बजार दोहोरो अङ्कले घट्याे



काठमाडौँ, ८ पुस । शेयर बजार परिसूचक नेप्से आइतवार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ८८ दशमलव शून्य सात विन्दुमा झरेको छ ।

आज हाइड्रोपावर, बीमा र अन्य बाहेक अरू समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, व्यापार, होटल तथा पर्यटन, विकास बैंक र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज ज्योति विकास बैंक बोन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया लिमेटेडको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज पाँच वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज एक करोड ८५ लाख कित्ता शेयर सात अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्