Logo

शेयर बजार २४ अङ्कले घट्यो



झापा, १७ चैत । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार बिहीवार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार पाँच सय ४४ दशमलव ३० विन्दुमा झरेको छ ।

आज व्यापारबाहेक अरू सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

यस्तै दुई सय २८ कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको नौ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्