Logo

शेयर बजार २७ अङ्कले घट्याे



काठमाडौँ, २४ असोज । आइतबार साढे ४४ अङ्कले बढेको शेयर बजार आज भने २७ अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १६ अङ्कले घटेर १ हजार ८ सय ७१ दशमलव २२ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, होटल तथा पर्यटन, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज शेयर बजार घटे पनि कारोबार रकममा केही सुधार भएको छ । हिजो ८३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ३३ वटा कम्पनीको ३१ लख ५५ हजार कित्ता शेयर ९७ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेड प्रोमोटरको १६ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्