Logo

शेयर बजार ४१ अङ्कले बढ्यो



काठमाडौँ, १५ असार । लगातार दुई दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार बुधवार भने बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ३९ अङ्कले बढेर एक हजार नौ सय ६२ दशमलव ७१ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा व्यापार, जलविद्युत्, विकास बैंक, उत्पादन बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

दुई सय २८ वटा कम्पनीको ४३ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ४३ करोड १४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी र एसियन लाइफ इन्सुरेन्स कम्पनीको पाँच करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्