काठमाडौँ, १४ वैशाख । शेयर बजार बुधवार सामान्य बढेको छ ।
दिनभर नै घटबढ भइरहेको नेप्से बन्द हुने बेलामा पाँच दशमलव १७ अङ्कले बढेर दुई हजार तीन सय ७६ दशमलव १७ विन्दुमा पुगेको छ ।
आज बैंक, व्यापार, लघुवित्त र म्युचल फन्ड बाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । आज दुई सय २८ कम्पनीका २८ लाख ८५ लाख कित्ता शेयर एक अर्ब आठ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको पाँच करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
शेयर बजार बढेकाे दिन जालपा लघुवित्तको शेयर १० प्रतिशतले र नेपाल फाइनान्सको शेयर झन्डै सात प्रतिशतले बढेको छ । माउन्टेन इनर्जी नेपाल र मानुषी लघुवित्तको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।