Logo

शेयर बजार ७७ अङ्कले घटेर राताम्मे



काठमाडौँ, २७ असार । शेयर बजार सोमवार ७७ अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज ७७ दशमलव शून्य एक अङ्कले घटेर एक हजार नौ सय १५ दशमलव ६१ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा ६ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ । ६३ लाख १३ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ११ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्