काठमाडौँ, ६ मंसिर । नियमित बिदा र चुनावी बिदाका कारण पाँच दिनपछि आज खुलेको शेयर बजार घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव १३ अङ्कले घटेर १ हजार ९ सय २९ दशमलव ७० विन्दुमा झरेको छ ।
आज २ सय २८ वटा कम्पनीको ३७ लाख ६३ हजार कित्ता शेयर १ अर्ब ३५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको १२ करोड रुपैयाँको शेयर किनबेच भयो ।