Logo

शेरबहादुर भट्टराई एक चिनारी नामक पुुस्तक सार्वजनिक



दमक, १ बैशाख । नेपाली कांग्रेस झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराईको बिषयमा तयार गरिएको शेरबहादुर भट्टराई एक चिनारी नामक पुुस्तक सार्वजनिक भएको छ ।

दमकका सामाजिक व्यक्तित्व तथा कांग्रेस झापा उपसभापति भट्टराईको बारेमा बिभिन्न ४६ जना लेखकले लेखेको पुस्तक आज नयाँ बर्षको अवसरमा एक औपचारीक कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।

राष्ट्रियसभाका पुर्व सदस्य डिल्लि सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संबिधान सभा सदस्य शुधिर शिवाकोटी, प्रदेस सभा सदस्य तथा पुर्व मन्त्री हिक्मत कार्की, प्रदेससभा सदस्य अर्जुन राई लगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए । ।

प्रकासक सितादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले शेरबहादुर भट्टराई राजनिति कर्मि मात्रै नभएर एक जना समाजिक अभियन्ता समेत भएको बताएका थिए ।

उक्त अवसरमा बोल्दै कांग्रेस झापा सभापती देउकुमार थेवे, संबिधानसभा सदस्य शिवाकोटी, पुर्व प्रदेश मन्त्री कार्की, दमक नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी लगायतले दमक निर्माणमा पु¥याएको योगदान पछिल्लो पुष्तालाई जानकारी गराउन पनि यो पुस्तक सहयोगी हुने बताए । शेरबहादुर भट्टराई जुनसुकै काममा पनि सफल भएको भन्दै उनको जिवन नयाँ पुस्ताको लागी प्रेरणाको स्रोत भएको वक्ताहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्