झापा, १९ असार । झापामा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ।
बिर्तामोड नगरपालिका –७ मा आज बिहान जंगली हात्तीको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार बिहान शौचालय जान घरको आँगनमा निस्केको बेला ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो।
यसअघि गत असार ६ गते जंगली हात्तीको आक्रमणबाट मेचीनगरका पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।योसंगै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा ६ जनाको ज्यान गइसकेको छ ।