
काठमाडौँ, २७ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टी सल्लाहकार सदस्य सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।
कार्यालयको प्राङ्गणमा आयोजित शोकसभामा उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
उनको पार्थिव शरीरमा प्रचण्डले पार्टीको झण्डासमेत ओढाएका हुन् ।
उनले झण्डा ओढाएर श्रद्धाञ्जली दिएसँगै अहिले शुभेच्छुकहरुले झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।







