Logo

श्रम अदालतको मुकाम काठमाडाैँ उपत्यकामा रहने



काठमाडौँ, २२ चैत । सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने गरी तोकेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि श्रम अदालतको मुकाम काठमाडौँ जिल्लामा रहने गरी तोकिएको थियो ।

बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा सप्तरी निवासी प्रा.डा.पशुपति चौधरी र सदस्यमा सिरहा निवासी डा.वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ ।

त्यस्तै बैठकले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सदस्य पदमा झापा निवासी डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गरेको मन्त्री शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्