काठमाडौं, १९ वैशाख । सरकारले श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको तर्फबाट आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराउनुभएको हो ।
राष्ट्रतपिले इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणालीको लागू गरिने बताउनुभयो । उहाँले श्रम अडिटको माध्यमबाट आधारभूत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिने जानकारी गराउनुभयो ।
दक्ष जनशक्ति पलायन रोक्न विगतमा भई गरेका र अहिले रोकिएका श्रम प्रोत्साहनको अभ्यासलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै सरकारले देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गर्ने बताउँदै आउँदाे दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाउने घाेषणा गरेकाे छ ।