झापा, २९ साउन । श्रीकृष्ण जन्माष्टमीका अवसरमा श्री राधा माधव भजनस्थलीले आयोजना गर्न लागेको ‘श्रीकृष्ण जन्माष्टमी महाउत्सव’मा सु प्रशिद्ध भजन गायक राजु अधिकारी सहितको टिमले भजन प्रस्तुत गर्ने भएको छ ।
झापाको बिर्तामोड ५ स्थित अग्रसेन भवनमा आगामी साउन ३१ गते शनिवारका दिन भजनस्थलीले वृहत रुपमा श्रीकृष्ण जन्माष्टमी मनाउने तयारी तीब्र बनाएको छ । सोही अवसरमा भजन गायक राजु अधिकारी र रोशन अधिकारी सहितको टिमले आफ्नो प्रस्तुति दिने भएका हुन् ।
उनीहरुले भजन कीर्तन सहितको विशेष प्रस्तुति दिने कार्यक्रम रहेको छ । साउन ३१ गते साँझ ७ः३० बाट भजन गायक अधिकारीद्वयको टिमले भगवान श्रीकृष्णका भजन प्रस्तुत गर्ने छन् । उनीहरुले ‘श्रीकृष्ण जन्माष्टमी महाउत्सव’मा सहभागी भक्तजनलाई भजन सुनाउँदै मनोरञ्जन प्रदान गर्ने बताइएको छ ।
‘श्रीकृष्ण जन्माष्टमी महाउत्सव’मा झापासहित भारतको पश्चिम वंगाल र विहारका विभिन्न ठाउँबाट भक्तजनको सहभागीता रहने आयोजक समितिले जनाएको छ ।
साउन ३१ गते शनिवार विहान ७ः३० बजेदेखि राति १२ वजेसम्म श्री राधा माधव भजनस्थलीको आयोजनामा बिर्तामोडमा विशेष प्रस्तुति सहित भगवान श्रीकृष्णको लीला प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।