Logo

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ



सुनसरी, १२ जेष्ठ । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका-२ बस्ने ४३ वर्षीय दिनेशकुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रड प्रहार गरी हत्या गरी फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्