अर्घाखाँची, २६ मंसिर । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् ।
छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए । रिसको झोकमा लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुकाले श्रीमानको घाँटी थिचेर हत्या गरेको डीएसपी रिजालको भनाइ छ ।






