संखुवासभा, १५ वैशाख । संखुवासभाको खाँदबारी नगरपालिकामा एउटै पार्टीबाट श्रीमान् श्रीमतीले मेयर उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
वैशाख ३० गते हुने पालिका तहको चुनावका लागि खाँदबारी नगरपालिकाको मेयरमा श्रीमान् सिताराम तिम्सिना र उपमेयरमा मैयाँदेवी चिमरियाले उम्मेदवारी दर्ता गराएका हुन् । दुवैजनाले समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिएका हुन् ।
जिल्लामा ठूला पार्टीहरुमा टिकट ल्याउने विषयमा हानथाप र टिकट नदिएकै विषयमा पार्टी छोड्ने देखि बागी उम्मेदवारी उठिरहेको समयमा तिम्सिना दम्पतीले भने मेयर उपमेयरकै टिकट हात पारेका छन् । तिम्सिना पूर्वशिक्षक समेत रहेका छन् ।