Logo

श्रीमान पक्राउ पर्ने हल्ला सुनेपछि निकिता पनि पुगिन् पार्टी कार्यालय



काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा पार्टी कार्यालय चमतीमा १ बजेबाट भिडभाड बढेको छ ।

रास्वपा समर्थक तथा पार्टीका नेताहरू चमतीमा भेला हुने क्रम जारी छ । यसैबीच लामिछानेकी श्रीमती निकिता पौडेल पनि पार्टी कार्यालय पुग्नुभएको छ ।

अन्य नेताहरू पार्टी कार्यालयको कोठामा अनौपचारिक छलफलमा छन् । लामिछानेलाई प्रहरी पक्राउ गर्न पुगे मिडियासामु केही कुरा राखेर मात्र प्रहरीको साथमा जाने तयारी भइरहेको छ ।

तर रविलाई प्रहरीले आज पक्राउ गर्ने या नगर्नेबारे प्रहरी स्रोतले पनि खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्