श्रीलंका, १८ भदौ । श्रीलंकाका पूर्व अर्थमन्त्री बासिल राजापाक्षले विदेश भ्रमणको अनुमति पाएका छन् ।
सर्वोच्च अदालतले सन् २०२३ को जनवरी १५ सम्मका लागि उनलाई विदेश भ्रमणको अनुमति दिएको हो ।
राजापाक्षेका वकिलले उनलाई उपचारका लागि संयुक्त राज्य अमेरिका जान अनुमति दिन अपिल गरेपछि सर्वोच्च अदालतले राजापाक्षलाई अर्को वर्षको जनवरीसम्म विदेश यात्रा गर्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई सेप्टेम्बर ५ सम्म देश छाड्न नदिन अन्तरिम आदेश जारी गरेको थियो । वर्तमान सरकारले जारी आर्थिक संकटका लागि जिम्मेवार सबै व्यक्तिविरुद्ध अनुसन्धान सुरु गर्न आदेश दिन माग गर्दै दुई मौलिक हकका लागि निवेदन दायर भएपछि यो आदेश दिइएको हो ।