Logo

श्रीलंकामा राष्ट्रपति चयन गरिँदै



श्रीलंका, ४ साउन । श्रीलंकामा बुधबार संसदबाट नयाँ राष्ट्रपति चयन गरिँदैछ ।

राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चुन्न लागिएको हो । २२५ सदस्यीय सदनबाट बहुमतको आधारमा बुधबार श्रीलंकाले नयाँ राष्ट्रपति पाउने छ ।

राष्ट्रपतिको प्रतिस्पर्धामा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे छन् । विपक्षी उम्मेदवार दुल्लास अल्हाप्परुमा र अनुराकुमारा पमीसँग उनको प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्