Logo

श्रीलंकाले पहिलोपटक जित्यो महिला एसिया कप क्रिकेटको उपाधि, फाईनलमा भारत ८ वीकेटले पराजीत



काठमाडौं, १३ साउन । श्रीलंकाले पहिलोपटक जित्यो महिला एसिया कप क्रिकेटको उपाधि, फाईनलमा भारत ८ वीकेटले पराजीत

बलियो प्रतिद्वन्द्वी भारतलाई हराउँलै आयोजक श्रीलंकाले महिला एसिया कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा श्रीलंकाले भारतलाई आठ विकेले हरायो ।

जितका लागि एक सय ६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८।४ ओभरमा दुई विकेटको क्षतिमा एक सय ६७ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको भारतले ६ विकेट क्षतिमा १६५ रनको बलियो स्कोर खडा गरेको थियो । भारतकी कप्तान स्मृती मन्धनाले ४७ बलमा ६० रन बनाइन् । श्रीलंकाले २ विकेट मात्रै गुमाएर लक्ष्य भेट्टायो ।

श्रीलंकाले पहिलो विकेट ७ रनमै गुमाएको थियो । भिस्मी गुणरत्ने १ रनमै रनआउट भइन् । तर, कप्तान चामरी अथापट्थु र हर्षिता समराविक्रमाले ८७ रनको साझेदारी गर्दै श्रीलंकालाई जितको बाटोमा डोहोर्याएका थिए । चामरीले ४३ बलमा ६१ रन र हर्षिताले ५१ बलमा ६९ रनको योगदान दिए ।

चौंथो नम्बरमा आएकी कभिसा दिलहरीले १६ बलमा ३० रन जोडेपछि भारत खेलमा फर्किन सकेन । श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य हासिल गरेको थियो । श्रीलंकाले महिला एसिया कपको उपाधि पहिलोपटक जितेको हो ।

प्रतिक्रिया दिनुहोस्