श्रीलङ्का, २२ चैत । श्रीलङ्काका अर्थमन्त्री अली साबरीले नियुक्त भएको एक दिनमै राजीनामा दिएका छन् ।
सोमवार बिहान २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले साबरीलाई अर्थ मन्त्रीमा नियुक्त गरेका थिए । तर उनले मङ्गलवार राष्ट्रपतिलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।
साबरीले आफूले धेरै सोचविचार गर्दा देशको बिग्रिएको अर्थतन्त्र सुधार्नका लागि उत्कृष्ट सोच र व्यक्ति चाहिएकाले राजीनामा दिएको बताएको समाचार संस्था एएनआईले जनाएको छ ।