Logo

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षेलाई पक्राउ गर्न माग गर्दै उजुरी दर्ता



श्रीलङ्का, ८ साउन । देशबाट भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षेलाई पक्राउ गर्न माग गर्दै सिङ्गापुरमा उजुरी दर्ता भएको छ ।

श्रीलङ्कामा दशक लामो गृहयुद्धका क्रममा राजापाक्षेले दमन गरेको भन्दै उनलाई पक्राउ गर्न एक अधिकारवादी समूहले सिङ्गापुरको महान्यायाधिवक्ताको कार्यालयमा उजुरी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

इन्टरनेशनल ट्रुथ एन्ड जस्टिस प्रोजेक्ट संस्थाले दर्ता गराएको उजुरीमा पूर्वराष्ट्रपति राजापाक्षे रक्षा प्रमुख भएको बेला सन् २००९ मा आम नरसंहार र मानव अधिकारका थुप्रै घटना भएको आरोप लगाइएको छ ।

गोटाबाया राजापाक्षेको परिवार नै सत्तामा रहँदा देशको आर्थिक अवस्था टाट पल्टिएको भन्दै प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि उनी भागेर माल्दिभ्स गएका थिए । माल्दिभ्स गएको तीन दिनपछि यही जुलाई १३ तारिखमा राजापाक्षे सिङ्गापुर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्